Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लकडाउन खुले पनि पूर्वका उद्योगको उत्पादन क्षमता बढ्न सकेन

लकडाउन खुले पनि पूर्वका उद्योगको उत्पादन क्षमता बढ्न सकेन

विराटनगर, ९ साउन । पहिलो चरणमा खुकुलो भएर हाल लकडाउन अन्त्य भइसके पनि पूर्वका उद्योगधन्दा पूर्ण क्षमतामा चल्न सकेका छैनन् । मुख्यतः सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगको उत्पादन अझै बढ्न नसकेको उद्योगी व्यवसायीले बताएका छन् ।
लकडाउन खुकुलो बनेसँगै उद्योगधन्दा सञ्चालनमा आए पनि उत्पादन भने ४० प्रतिशतभन्दा माथि बढ्न नसकेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । उत्पादनमा आएको ह्रासकै कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका करिब ५०० उद्योगमा कार्यरत १५ हजार श्रमिक÷कर्मचारीको रोजगारी गुमेको उनको भनाइ छ । कोरोनाको महामारी अन्त्य नभएसम्म यस क्षेत्रका उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न नसक्ने उनले बताए ।
यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकाले सामान्य अवस्थामा आउन उद्योग र व्यवसायलाई लामो समय लाग्ने बताए । यस क्षेत्रका उद्योगहरूको उत्पादन नबढेकाले रोजगारी गुमाउनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।
नयाँ मौद्रिक नीतिबाट उद्योगी व्यवसायीलाई केही राहत मिले पनि मन्त्रिपरिषद्ले घोषणा गरेको लकडाउनअघिको डिमाण्ड शुल्क मिनाहाको कार्यान्वयन नभएको व्यवसायीको गुनासो छ । यस्तै बैंकहरूले ऋणलाई नवीकरण गर्नुपर्ने भन्दै वार्षिक ३ लाखदेखि ४ लाख रुपैयाँ असुल गर्ने गरेकाले उद्योगी व्यवसायी मारमा परेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x