Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नेप्से परिसूचक ११.३० अंकले वृद्धि, होटल समूहबाहेक सबै समूहको परिसूचक वृद्धि

नेप्से परिसूचक ११.३० अंकले वृद्धि, होटल समूहबाहेक सबै समूहको परिसूचक वृद्धि

काठमाडौं, २५ साउन । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ११.३० अंकले बढेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशत बढेर शेयर बजार १३९२.६८ विन्दुमा पुगेको हो । गत साता एक दिन मात्र बढेर निरन्तर घटेको बजार यो साता भने पहिलो दिनमै बढेको छ ।

बढेको बजारमा ९७ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १८७ कम्पनीको ३० हजार २०० पटकको व्यापारमा उक्त रकम बराबरको ३२ लाख १२ हजार ३७८ कित्ता शेयर कारोबार भएको हो । कारोबार रकमको सबैभन्दा बढी हिस्सा अजोड इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको ९ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहहरुमध्ये होटल समूहको वाहेक बाँकी समूहको परिसूचक बढेको छ । यस दिन होटलको परिसूचक १.८ प्रतिशत घटेको हो । सबैभन्दा बढी म्युचुअल फण्ड समूहको २.०२ र निर्जीवन बीमा समूहको १.६४ प्रतिशत परिसूचक बढेको छ ।

त्यस्तै जीवन बीमाको १.५६ प्रतिशत, व्यापारिकको १.४३ प्रतिशत , वित्तको १.०९ प्रतिशत, अन्यको १.२ प्रतिशत, बैंकिङको ०.६७ प्रतिशत, विकास बैंकको ०.४४ प्रतिशत, जलविद्युतको ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशत र लघुवित्त समूहको ०.६२ प्रतिशत परिसूचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *