Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनएलजी इन्स्योरेन्सद्वारा ७ प्रतिशत बोनस सेयरको प्रस्ताव

एनएलजी इन्स्योरेन्सद्वारा ७ प्रतिशत बोनस सेयरको प्रस्ताव

काठमाडौं, २५ साउन । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन (एनएफआरएस) बमोजिम उक्त वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ७ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

शुक्रबारको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

हकप्रद सेयर जारी गर्नु अघि कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ रूपैयाँ रहेको थियो । कोभिड १९को महामारीबीच जारी गरेको शतप्रतिशत हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबढ प्रकृयामा रहेको समेत गरी कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ कायम रहेको छ । उक्त पुँजीको ७ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले पारित गरेसँगै कम्पनीका सेयरधनी लगायत हालै जारी गरिएको हकप्रद किन्नेले समेत सो मात्राको बोनस सेयर पाउने कम्पनीले जनाएको छ ।

यसका साथै प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांश दिने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x