Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओ बाँडफाँट

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओ बाँडफाँट

काठमाडौं, २७ साउन । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमपेण्ट लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट गरिएको छ । सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । गोलाप्रथाबाट भएको बाँडफाँटमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकहरुमध्ये ३ लाख २० हजार ६१४ जनाले १० कित्ता शेयर हात पारेका छन् । बाँकी ९७ हजार ३४४ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत् ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओमध्ये १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासनमार्फत् कम्पनीले विक्री गरेको हो ।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर विक्री नभएपछि सो शेयर समेत थप गरेर सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँट गरिएको हो । हाल ७९ करोड २८ लाख ७७ हजार रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई शेयर बाँडफाँट पश्चात र १ अर्ब १३ करोड २६ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x