Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कार्यान्वयनमा आउँदै नेपाली चियाको ट्रेडमार्क, मापदण्ड पुगेकालाई भदौभित्रै वितरण गरिने

कार्यान्वयनमा आउँदै नेपाली चियाको ट्रेडमार्क, मापदण्ड पुगेकालाई भदौभित्रै वितरण गरिने

काठमाडौं, ३१ साउन । चिया खेती शुरू भएको डेढ सय वर्षपछि नेपाली चियाले आफ्नै ट्रेडमार्क (लोगो) पाउने भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली चियाको ट्रेडमार्क कार्यान्वयन अन्तिम तयारी गरेको हो ।
एउटै लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट निवेदन माग गरिएकामा ४२ वटा निवेदन आएको बोर्डले बताएको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड सम्बन्धित उद्योगी तथा व्यवसायीले पूरा गरे–नगरेको अध्ययनपछि लोगो प्रयोगका लागि सिफारिस गरिने बोर्डले बताएको छ ।
भदौ महिनाभित्रै लोगो प्रदान गर्नेगरी प्रक्रिया अघि बढाइएको बोर्डले जानकारी दिएको छ । लोगो प्रयोग गर्नुअघि व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डले निरीक्षण गर्नेछ । यस्तै व्यवसायीले निकासी गरेको चियाको तथ्यांक समेत बोर्डमा रहनेछ ।
निर्देशिकामा भएका विषय र आचार संहितालाई उल्लंघन गरको पाइए उक्त लोगो खोस्न पनि सक्ने अधिकार पनि बोर्डसँग रहेको छ । लोगो प्रयोग गरेबापत उद्योगी व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा पनि दर्ता गराउन भने अनिवार्य छ । बोर्डले यसअघि अमेरिका, यूएई र भारतमा नेपाली चियाको लोगो दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो । नेपालबाट हाल रूस, जर्मनी लगायत युरोपियन मुलुकमा नेपाली चिया जाने गरेको छ । मुलुकको इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ५९ प्रतिशत किसानले ८ हजार ८३८ हेक्टरमा चिया खेती गर्दै आएको बोर्डको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x