Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

सातामा १० कम्पनीको २ अर्बभन्दा बढीको शेयर कारोबार, बढी कारोबारको पहिलो श्रेणीमा नेपाल पुनर्बीमा कम्पनी

सातामा १० कम्पनीको २ अर्बभन्दा बढीको शेयर कारोबार, बढी कारोबारको पहिलो श्रेणीमा नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं, ३१ साउन । सातामा सबैभन्दा बढी शेयर कारोबार भएका १० वटा कम्पनीको २ अर्ब रुपैयाँभन्दा बढी मुल्यको शेयर खरिद विक्री भएको छ । गत २५ गतेदेखि २९ गतेसम्म यी कम्पनीहरुको २ अर्ब ३६ करोड ६० लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । यो साता सबैभन्दा बढी मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ४६ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

त्यस्तै सातामा सबैभन्दा बढी रुपैयाँको शेयर खरिद विक्री हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, हिमालय डिस्टिलरी लिमिटेड, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, नविल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

नेपाल लाइफको साताभरीमा ३९ करोड ८० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड ४० लाख, एनआईसी एशिया बैंकको २५ करोड, एनएमबि बैंकको २१ करोड ४० लाख, नेपाल बैंकको १९ करोड १० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड १० लाख रुपैयाँको साताभरीमा शेयर कारोबार भएको छ ।

त्यसैगरी यूनाइटेड इन्स्योरेन्स कम्पनीको १४ करोड ६० लाख, नविल बैंकको १४ करोड ४० लाख र शिखर इन्स्योरेन्सको १३ करोड ९० लाख रुपैयाँको सातामा शेयर खरिद विक्री भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *