Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ओली र मोदीको फोनवार्तापछि नेपाल–भारत संवाद सुचारु, संयुक्त कार्यदलको बैठक बस्दै

ओली र मोदीको फोनवार्तापछि नेपाल–भारत संवाद सुचारु, संयुक्त कार्यदलको बैठक बस्दै

काठमाडौं, ३२ साउन । नेपालले पश्चिमी सीमा कालीनदी वारी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेपछि टुटेको नेपाल र भारतबीचको संवाद पुनः सुचारु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी (प्रधानमन्त्री) नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवस (१५ अगस्ट) को अवसर पारेर फोनमार्फत् बधाई सन्देश दिएपछि संवाद सुचारु भएको हो ।

यससँगै नेपाल र भारतबीच थप संवाद बढ्ने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच छैटौं संयुक्त कार्यदलको बैठक बस्नुपर्नेछ । नेपाल र भारतबीचका सबै आपसी मुद्दाहरु सल्टाउने, विकास आयोजनाहरुका सम्बन्धमा छलफल गर्ने यो संयन्त्रको बैठक गत वर्ष अगस्ट २१ मा सम्पन्न भएको थियो । कोरोना भाइरस महामारीका कारण यो वर्ष संयुक्त कार्यदलको भर्चुअल बैठक गर्ने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।
प्रधानमन्त्री ओली र मोदीको टेलिफोन संवादले दुई घनिष्ट छिमेकीबीचको संवाद र सहकार्यले गति लिने अपेक्षा गरिएको छ । संवादका क्रममा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिनुका साथै जारी स्वास्थ्य संकट र महामारीविरुद्ध लड्न आपसी सहकार्यमा जोड दिएका थिए । उक्त टेलिफोन संवादपछि दुवै देशका परराष्ट्र मन्त्रालय/विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x