Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

कोरोना महामारीकै बीच गत महिना पर्यटन उद्योगमा पौने ४ अर्बको एफडीआई भित्रियो

कोरोना महामारीकै बीच गत महिना पर्यटन उद्योगमा पौने ४ अर्बको एफडीआई भित्रियो

काठमाडौं, १ भदौ । कोभिड–१९ का कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भइरहँदा यस क्षेत्रमा भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)ले भने राम्रो संकेत गरेको छ । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा नेपालको पर्यटन उद्योगमा करिब पौने ४ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको देखिएको छ । उद्योग विभागका अनुसार गत महिना पर्यटन उद्योगमा विदेशी लगानीकर्ताले पर्यटन उद्योग स्थापनाका लागि ३ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका हुन् ।
विभागका अनुसार सो अवधिमा १८ वटा पर्यटन उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो । १ महिना अवधिमा आएको एफडीआईको ठूलो हिस्सा यसै क्षेत्रमा रहेको देखिन्छ । यसबाट ९४४ जनाले रोजगारी पाउने बताइएको छ ।
यसैगरी १३ वटा सेवा उद्योग स्थापनाका लागि २ अर्ब ३५ करोड र एक उत्पादनमूलक उद्योगका लागि रू. ५ करोडको लगानी प्रतिबद्धता आएको छ । सेवा उद्योगमा ५७७ जना र उत्पादनमूलक उद्योगमा ४० जनालाई रोजगारी दिने लगानीकर्ताले उल्लेख गरेको विभागले बताएको छ ।
सो अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता गर्नेमा चिनियाँ लगानीकर्ता रहेका छन् । त्यसपछि भारतीय, बेलायती र दक्षिण कोरियाका लगानीकर्ता रहेका छन् । चिनियाँ लगानीकर्ताले २७ वटा उद्योग स्थापनाका लागि ५ अर्ब ८० करोड ८० लाख, भारतीय लगानीकर्ताले दुईवटा उद्योग स्थापनाका लागि १५ करोड, बेलायती लगानीकर्ताले दुईवटा उद्योग स्थापनाका लागि १० करोड ५० लाख र दक्षिण कोरियाली लगानीकर्ताले एउटा उद्योग स्थापनाका लागि ५ करोड लगानी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x