Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चितवनका घरेलु तथा साना उद्योगमा रू. २२ अर्बभन्दा बढी लगानी

चितवनका घरेलु तथा साना उद्योगमा रू. २२ अर्बभन्दा बढी लगानी

चितवन, १ भदौ । घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा स्थापनाकालदेखि दर्ता भएका साना तथा घरेलु उद्योगमा हालसम्म रू. २२ अर्बभन्दा बढी लगानी भएको छ । कार्यालयका अनुसार उद्योग स्थापनादेखि हाल ती उद्योगहरुको कुल पूँजी लगानी रू. २२ अर्ब २८ करोड ३३ लाख ६ हजार रहेको छ । यीमध्ये सबैभन्दा बढी लगानी उत्पादन मूलक उद्योगमा छ भने सबैभन्दा कम लगानी निर्माणमूलक उद्योगमा रहेको छ ।
जसअनसार उत्पादनमूलक उद्योगमा रू. ८ अर्ब ४७ करोड ३ लाख ११ हजार र निर्माणमूलक उद्योगमा रू. २ करोड ८० लाख कुल पूँजी लगानी रहेको छ । यस्तै कृषि तथा वनजन्य उद्योगको कुल पूँजी लगानी रू. ८ अर्ब ८१ करोड ९२ लाख ३९ हजार रहेको छ भने सेवामूलक उद्योगमा रू. ३ अर्ब ९२ करोड ४ लाख ११ हजार, पर्यटनमूलक उद्योगमा रू. २ अर्ब ५३ लाख ५४ हजार र विज्ञान तथा सूचना प्रविधि उद्योगमा रू. ३ करोड ९९ लाख ९० हजार कुल पूँजी रहेको छ । तर खनिजजन्य र तथा ऊर्जामूलक उद्योग चितवनमा हालसम्म दर्ता नभएका कारण कुनै लगानी भएको छैन ।
ती उद्योगहरुको स्थिर पूँजी रू. १२ अर्ब ८६ करोड ८० लाख ४८ हजार रहेको छ भने चालू पूँजी रू. ९ अर्ब ४१ करोड ५२ लाख ५९ हजार रहेको छ । जिल्लामा हालसम्म १२ हजार ५४६ ओटा उद्योगहरू दर्ता भएको तथ्यांक छ ।
जिल्लामा हालसम्म सञ्चालित १२ हजार ५४६ ओटा उद्योगहरुको वार्षिक क्षमता उत्पादन रू. ५५ अर्बभन्दा माथि रहेको छ । कार्यालयको तथ्यांक अनुसार ती सबै उद्योगहरुको वार्षिक उत्पादन क्षमता रू. ५५ अर्ब ४८ करोड ९४ लाख २९ हजार बराबर रहेको छ । जिल्लामा हालसम्म सञ्चालनमा आएका सबै उद्योगमा महिला र पुरुष गरी ५३ हजार ५२३ जनाले रोजगारी पाएका छन । कार्यालयका अनुसार जिल्लामा ती उद्योगहरुमा १२ हजार ३१३ जना पुरुष उद्यमी रहेका छन् भने ३ हजार ३६१ जना महिला कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x