Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइएफसीले नेपालमा नयाँ आवासीय प्रतिनिधि खटायो

आइएफसीले नेपालमा नयाँ आवासीय प्रतिनिधि खटायो

काठमाडौं, १ भदौ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा नयाँ आवासीय प्रतिनिधिका रुमा बाबाकर सेदिख फाएलाई खटाएको छ । फायसँग यस क्षेत्रमा काम गरेको २० वर्षको अनुभव छ, उनले विश्व बैंक समूहमा मात्रै १४ वर्ष काम गरेको अनुभव छ । यसभन्दा अघि उनी सिरिया लियोनका आवासीय प्रतिनिधि थिए । उनले लाइबेरिया र कंगोमा पनि काम गरेका थिए ।
नेपालमा फाएले व्यवसाय विकासको पहललाई गति दिनेछन् । खासगरी कोभिड–१९ को प्रभावले शिथिल बनेको अर्थतन्त्रलाई सबै सरोकारवालासँगको सहकार्यमा अर्थतन्त्रको दीगो वृद्धिका लागि आइएफसीको लगानी तथा परामर्श सेवामार्फत् विकासको प्रतिफल हासिल गर्न सघाउने उनले बताएका छन् । यसअघि सन्तोष पाण्डेले आइएफसीको नेपाल कार्यालयको नेतृत्व गर्दै आएका थिए ।
पछिल्लो समय नेपालमा आइएफसीको लगानी तीव्र विस्तार भएको छ । नेपाल, बंगलादेश र भुटानका लागि राष्ट्रिय प्रबन्धक वेण्डी वेर्नरका अनुसार, बाबाकरले विकासशील देशमा काम गरेको अनुभवले नेपालमा आइएफसीका कार्यक्रम विस्तार र निजी क्षेत्र विकासमा सहयोगी हुनेछ ।
अघिल्लो वर्ष आइएफसीको लगानी ७ करोड ५० लाख अमेरिकी डलरबाट ५० करोड अमेरिकी डलर पुगेको छ । आइएफसी २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा लगानी साझेदार रहेको छ । आइएफसीले नेपालका वित्तिय संस्थालाई लगानीका लागि सहयोग दिदैं आएकोमा क्रमशः पर्यटन क्षेत्रमा पनि यसको ऋण विस्तार भएको छ । त्यस्तै, सबैभन्दा ठूलो लगानीका रुपमा माथिल्लो त्रिशुली–१ देखिएको छ ।
बाबकर सेनेगलका नागरिक हुन् । उनी सन् २००६ मा आइएफसीसँग आवद्ध भएका हुन् । उनी त्यसअघि इन्भेस्टमेट क्लाइमेट एडभाइजरी युनिटमा कार्यरत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x