Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हकप्रद शेयर निष्कासन गर्दै नागरिक लगानी कोष, विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ

हकप्रद शेयर निष्कासन गर्दै नागरिक लगानी कोष, विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ

काठमाडौं, १ भदौ । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शून्य दशमलव आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ । कोषले प्रतिशेयर रू. १०० का दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयरको रू. १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x