Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दीपिशा भुजेललाई जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड

दीपिशा भुजेललाई जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड

काठमाडौं, १ भदौ । रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो । उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्ता मध्ये एक हुन् जसले १५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् ।
छनोट गरिएको ३२ जना मध्ये, उनी शीर्ष १० जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् । उनले ५००० अमेरिकी डलर पुरस्कार पाउनेछिन् । समग्रमा उनले कुल ६५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् ।
आवेदकहरुलाई उनीहरुको स्कुल र समुदायप्रति तिनीहरुको स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तिकरणका सिमित समस्याहरुलाई प्रतिबिम्बित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरुलाई भोलिका नेताको रूपमा हेर्दछ ।
भुजेलले १४ वर्षको उमेरमा क्यानेडियन रेडक्रस इमर्जेन्सी रेस्पोन्स युनिट (ईआरयू) मा अनुवादकको रुपमा काम गर्न शुरु गरेकी थिइन् । यस्तै उनले आफ्नो स्कुलमा जुनियर रेडक्रस सर्कलको उपाध्यक्षमा काम गरेकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x