Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बिगमार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिगमार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं, १ भदौं । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागु हुनेछ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु हुनेछ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम ३ सय रुपैयाँ सम्म पाइने बताइएको छ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेको हो । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x