Shangrila

इन्डोनेसियाको ७५औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

काठमाडौं, १ भदौ । गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा सोमवार नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका थिए । झण्डोत्तलनमा वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीको सीमित संख्यामा उपस्थिति थियो ।
नेपाल र गणतन्त्र इण्डोनेसियावीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि इण्डोनेसियाको गैर आवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा छ ।
इण्डोनेसिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *