Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रभुु क्यापिटलको ३ वर्षे निःशूल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

प्रभुु क्यापिटलको ३ वर्षे निःशूल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

काठमाडौं, २ भदौ । प्रभु क्यापिटलले ल्याएको ३ वर्षे निःशूल्क डिम्याट योजना भदौ मसान्तसम्मलाई थप गरेको छ । ‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशूल्क डिम्याट खाता’ भन्ने नारासहित क्यापिटलले गत साउनबाट सुरु गरेको यो योजनाको समयवधि थप गरेको हो ।

क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशूल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार क्यापिटलले अनलाईन खाता खोल्ने सुविधा सञ्चालनलाई प्राथमिकता दिएको छ ।

क्यापिटलले मुलुकभरी रहेका २१० वटै शाखाबाट छिटो र छरितो रुपमा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x