Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट

काठमाडौं, २ भदौ । नबिल बैंक लिमिटेडले ऋणीलाई ०.२५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस महामारीबाट ऋणी गम्भीर समस्यामा परेपछि बैंकले ०.२५ प्रतिशत छुट दिएको हो ।
बैंकले साउनमा सबै ऋणीलाई ०.२५ प्रतिशत ब्याजदर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीलाई प्राप्त नहुँने बैंकले जनाएको छ । बैंकको यो प्रयासले ऋणीलाई राहत मिल्ने बैंकको विश्वास छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नु परेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै बैंकले सबै ऋणीलाई लाग्ने ब्याजदरमा ०.२५ प्रतिशत छुट दिइएको बताए । अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

हालै बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड हस्तान्तरण गरेको बैंकले जनाएको छ । त्यस्तै दीर्घकालीन योजनामा सातवटै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजनासमेत बनाएको बैंकले जनाएको छ ।

हाल बैंकले ११९ शाखा, १८५ एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x