नेप्से परिसूचकमा सामान्य सुधार, नागरिक लगानी कोषको शेयर किन्न झुमिए लगानीकर्ता
काठमाडौं, २ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.६८ वृद्धि भई १४०७.८९ विन्दुमा पुगेको हो । तर, सेन्सेटिभ इन्डेक्स भने ०.२३ प्रतिशत घतेको छ । १८९ कम्पनीको १६ हजार ८०० पटकको कारोबारमा ४१ लाख १४ हजार ५१२ कित्ता शेयर १ अर्ब २३ करोड ९० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
हकप्रद निष्कासन गर्ने निर्णयपछि नागरिक लगानी कोषको शेयर खरिद विक्री र मूल्यमा वृद्धि
आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नागरिक लगानी कोषको भएको छ । कोषले गत सोमबार हकप्रद निष्कासन गर्न आरबिबि मर्चेण्ट बैंकिङ्गलाई विक्री प्रवन्धकमा नियुक्त गर्ने सम्झौता गरेको थियो । कोषको आज १६ कारोड ५९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ भने प्रतिशेयर मूल्य २ हजार ९१० रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि भई सकारात्मक सर्किट पनि नागरिक लगानी कोषको शेयर मूल्यमा लागेको छ । आज यो कोषको प्रतिशेयर मूल्य २६४ रुपैयाँ वृद्धि भएको हो ।
त्यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो वित्तीय संस्थाको ९.९१ प्रतिशत शेयर मूल्यमा वृद्धि भई अन्तिम शेयर मूल्य ८४३ रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयर मूल्य घलेम्दी हाइड्रो लिमिटेडको घटेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ४ रुपैयाँ घटेको हो । कम्पनीको अन्तिम शेयर मूल्य ५६ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये ७ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परसूचक वृद्धि हुनेमा उद्योग समूह १.२४ प्रतिशत, हाइड्रो समूह ०.१७ प्रतिशत, निर्जीवन बीमा समूह ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.६६ प्रतिशत, अन्य समूह १६५ प्रतिशत, लघुवित्त समूह ०.७४ प्रतिशत र जीवन बीमा समूह ०.६३ प्रतिशत रहेका छन् ।
त्यस्तै परिसूचक घट्नेमा बैंकिङ्ग समूह ०.०४ प्रतिशत, होटल समूह ०.६३ प्रतिशत, विकास बैंक समूह ०.०९ प्रतिशत, वित्त समूह ०.०८ पू्रतिशत र म्यूचुअल फण्ड समूह ०.३१ प्रतिशत रहेका छन् ।