Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनआईसी एशिया बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई थप १ करोड ७ लाख रुपैयाँ सहयोग

एनआईसी एशिया बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई थप १ करोड ७ लाख रुपैयाँ सहयोग

काठमाडौं, २ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषलाई हस्तान्तरण गरेहो जनाएको छ ।

बैंकले यस अघिसमेत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातवटै प्रदेश सरकारलाई १५÷१५ लाख रुपैयाँका दरले कुल १ करोड ५ लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको बैंकले जनाएको छ ।

साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका समयमा देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरूसमेत वितरण गरेको बताएको छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x