Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वीरगञ्ज नाकाबाट रू. ११ अर्ब ७२ करोड बराबरको पाम आयल निकासी

वीरगञ्ज नाकाबाट रू. ११ अर्ब ७२ करोड बराबरको पाम आयल निकासी

वीरगञ्ज, २ भदौ । गत आर्थिक वर्ष (आव) २०७६÷७७ मा वीरगञ्ज नाकाबाट रू. ११ अर्ब ७२ करोड मूल्य बराबरको पाम आयल निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार सो अवधिमा बारा–पर्सा औद्योगिक करिडोरका १४ ओटा उद्योगले उक्त मूल्य बराबरको १ लाख ७ हजार मेट्रिक टन प्रशोधित तेल भारततर्फ निर्यात गरेका हुन् ।
गत आवमा उक्त उद्योगहरूले कुल प्रशोधित तेल मात्र १ लाख ६८ हजार मेट्रिक टन निर्यात गरेका हुन्, जस अनुसार पाम आयलको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ६४ प्रतिशत रहेको देखिएको छ । गत आवमा पाम आयलको निकासी अघिल्लो आवको तुलनामा समेत ४७ प्रतिशत बढेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । आव २०७५÷७६ मा वीरगञ्ज नाका हुँदै ५७ हजार मेट्रिक टन प्रशोधित पाम आयल निकासी भएको थियो ।
सोही अवधिमा उक्त नाका भएर ६१ हजार ५५० मेटिक टन भटमासको तेल निर्यात भएको छ । यस अवधिमा रू. ८ अर्ब २४ करोड मूल्यबराबरको भटमासको प्रशोधित तेल भारत निकासी भएको भन्सारको तथ्यांकले देखाएको छ । अघिल्लो आवमा १२ हजार ९११ मेट्रिक टन मात्र निकासी भएको थियो ।
गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट धेरै निर्यात हुने दोस्रो स्थानमा जुस रहेको छ । उक्त नाकाबाट ३ अर्ब ४५ करोड रुपैयाँ बराबरका ४८ हजार २७ किलोलिटर जुस निर्यात भएको थियो । अघिल्लो आवमा भने ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको ६४ हजार १३८ किलोलिटर जुस निकासी भएको तथ्यांक छ । यस नाकाबाट निकासी हुने अन्य मुख्य वस्तुहरूमा सेन्थेटिक यार्न, रेसाको कपडा, स्पोर्ट्स सुज, दन्तमञ्जन, पिना लगायत वस्त रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x