Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

डिजिटल बैंकिङलाई लक्षित गरी सन्राइज बैंकले ल्यायो नारी बचत खाता

डिजिटल बैंकिङलाई लक्षित गरी सन्राइज बैंकले ल्यायो नारी बचत खाता

काठमाडौं, ५ भदौ । सन्राइज बैंकले महिलाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘सन्राइज नारी बचत खाता’ सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।
उत्सवको मौसमलाई मध्यनजर गर्दै बंैकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत रहेको बताइएको छ ।
विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x