Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रेमिट्यान्स तुरुन्त भुक्तानी दिने व्यवस्था मिलाउनू : राष्ट्र बैंक

रेमिट्यान्स तुरुन्त भुक्तानी दिने व्यवस्था मिलाउनू : राष्ट्र बैंक

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले जारी निषेधाज्ञाका कारण रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारले समयमा रेमिट्यान्स प्राप्त गर्न नसक्दा उनीहरुलाई समस्या परेको उल्लेख गर्दै तुरुन्त विप्रेषण भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । विप्रेषण कारोबार गर्ने कम्पनीहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्सले घरव्यवहार चलाउनुपर्ने परिवारले समयमा भुक्तानी नपाउने अवस्थामा अप्ठेरो परेको भन्दै स्थानीय प्रशासनसँग समन्वय गरी बैंक तथा वित्तिय संस्थामार्फत् भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।
स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेश परिपालना गरेर आदेश अवधिभर विप्रेषण सम्बन्धि सेवा प्रवाह गर्न सुरक्षा सम्बन्धि सबै मापदण्ड अपनाएर थोरै कर्मचारीमार्फत् आलोपालोमार्फत् सेवा प्रवाहको वातावरण तयार गर्नुपर्नेछ । विप्रेषण फण्ड ट्रान्सफर, विदेशी मुद्रा सटही र सकेसम्म बैंक तथा वित्तिय संस्थामार्फत् नै भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरिएको मिश्रले जानकारी दिए । यसरी सेवा दिदाँ स्वास्थ्यसम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गरेर भीडभाड नगरी सेवा प्रवाह गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x