समाज लघुवित्तको आईपीओ सोमवार ४ बजेपछि बाँडफाँड हुने

काठमाडौं, १४ भदौ । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबर बाँडफाँड हुने भएको छ । शनिबार बाडफाँडको तयारी गरिएको समाज लघुवित्तको आईपीओ प्राविधिक समस्याका कारण सोमवारका लागि सारिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

शुक्रवार डाटा भेरिफाई हुन नसक्दा बाँडफाँटमा ढिलो हुन गएको हो । सोमवार अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटललको कार्यालयमा आईपीओ बाँडफाँट हुने बताइएको छ । आईपीओ बाँडफाँडको प्रत्येक्ष प्रसारण सिद्धार्थ क्यापिटलको फेसबुक पेजबाट हुनेछ ।

समाज लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । यस आईपीओमा माग भन्दा १४८ दशमलव ५६ गुणा बढी आवेदन परेको छ । ५ लाख ६४ हजार १३८ जना आवेदकहरुबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको आवेदन परेको क्यापिटलले जानकारी दिएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *