नेप्से टीएमएसमा समस्या आएपछि कारोबार बन्द, समस्या पत्ता लागेन
काठमाडौं, १४ भदौ । आइतबार नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएपछि शेयर कारोबार बन्द गरिएको छ । शेयर बजार खुलेको १० मिनेटमा नै यस्तो समस्या आएपछि नेप्सेले १२ बजेपछि कारोबार बन्द गरिएको थियो ।
के कारणले यस्तो समस्या आयो भन्ने अहिलेसम्म पत्ता नलागेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । समस्या समाधान भएपछि शेयर कारोबार खुल्ने उनको भनाई छ ।
नेप्सेले टीएमएसमा समस्या आएकोले कारोबार रोक्का रा खिएको सूचना जारी गरेको थियो ।