Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१४% बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप सुरक्षण

१४% बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप सुरक्षण

काठमाडौं, १९ भदौ । नेपालका बैंक तथा वित्तीय संस्थाको निक्षेपको सुरक्षण (बीमा) रकम बढेको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेपको सुरक्षण १४ प्रतिशतले बढेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
गत आवको असार मसान्तसम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले ७३ बैंक तथा वित्तीय संस्थामा २ करोड ६० लाख खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपमा रहेको रू. ६ खर्ब ८९ अर्ब ४९ करोड सुरक्षण गरेको छ । अघिल्लो आवको सोही अवधिसम्मा २ करोड २२ लाख खातामा रहेको रू. ६ खर्ब ३ अर्ब ३९ करोड निक्षेप सुरक्षण गरिएको थियो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७७ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको रू. ६५ अर्ब ११ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७६ असार मसान्तसम्म रू. २५ अर्ब ६६ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । कोषका अनुसार हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने बैंक तथा वित्तीय संस्थाका २ करोड ६६ लाख ६४ हजार निक्षेपकर्ताको रू. ७ खर्ब १३ अर्ब निक्षेप सुरक्षित छ । साथै, ८ लाख ९९ हजार ऋणीको ८० अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरिएको छ ।
गत आवमा मात्र ७२ ओटा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको जोखिमबापत निक्षेप तथा कर्जा सुरक्षण कोषलाई कुल रू. १ अर्ब ६१ करोड शुल्क भुक्तानी गरेका छन्, जसअन्तर्गत निक्षेपको सुरक्षणबापत रू. १ अर्ब ५ करोड ८० लाख र कर्जाको सुरक्षणबापत रू. ५५ करोड २५ लाख शुल्क भुक्तानी गरेका हुन् । निक्षेप तथा कर्जा सुरक्षण शुल्कबापत संकलित रकम कोषले सरकारको ऋणपत्र र वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x