Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ललितपुरमा आजका लागि कफ्यू आदेश जारी

ललितपुरमा आजका लागि कफ्यू आदेश जारी

काठमाडौं, १९ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आज बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो ।

निषेधाज्ञाको सयमा हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिबिना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।

शान्तिसुरक्षा कायम राख्न कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x