नेपाल बैंकको बुक क्लोज

काठमाडौं, ६ फागुन । नेपाल बैंक लिमिटेडले फागुन ९ देखी २५ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । बैंकले फागुन २५ गते ५८औं वार्षिक साधारण सभाको लागि शेयर दर्ता किताव बन्द गर्ने भएको हो ।

बैंकले उक्त साधारण सभामा १ करोड ७६ लाख कित्ता थप नयाँ शेयर निष्कासन गर्ने प्रस्ताव लाने भएको छ । बैंकले सो साधारण सभामा लाभांश नदिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *