नागरिक लगानी कोषले ८२ प्रतिशत हकप्रदका लागि बोर्डमा निवेदन

काठमाडौं, २४ भदौ । नागरिक लगानी कोषले ८२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमतिका लागि निवेदन दिएको छ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ । हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने हकप्रद पश्चात ३ अर्ब रुपैयाँ पुग्ने छ ।