Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बैंक अफ काठमाण्डूले ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिद गर्न शुन्य प्रतिशत ब्याजदरमा किस्ता दिने

बैंक अफ काठमाण्डूले ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिद गर्न शुन्य प्रतिशत ब्याजदरमा किस्ता दिने

काठमाडौं, २८ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै बैंकले सरल किस्ताबन्दी सहितको विशेष योजना ल्याएको हो ।

उक्त योजना बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफुलाई आवश्यक सीजी, एलजी, गोड्रेज, टीसीएल, सेन्साइ, इलिका, केन्ट र ब्लाक र डेकोर ब्रान्डका घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकलाई कुनैपनि ब्याज नलाग्ने बैंकले जनाएको छ । बैंक र सीजी डिजिटल प्रा.लि.बीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई सीजीका कुमारीपाटी, रबिभवन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, कीर्तिपुर, हात्तिगौंडा, इटहरी र भरतपुरका सोरुमबाट यो सुविधा उपलब्ध हुने छ ।
त्यस्तै एलजीका मिनभवन, सिभिल मल, जावलाखेल, कान्तिपथ, चाबहिल, सितापाइला, इमाडोल र बिराटनगरबाट पनि यो सेवा लिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x