Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आरम्भ चौतारी लघुवित्तको कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत

आरम्भ चौतारी लघुवित्तको कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत

काठमाडौं, २८ भदौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरमा परिणत भएको छ। १६ जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्त र १५ जिल्लामा कार्यक्षेत्र रहेको आरम्भ लघुवित्त मर्जभई गएको असारमा एकीकृत कारोबार सुरु गरेका थिए । त्यसपश्चात आफ्नो कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत गर्न नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो । राष्ट्र बैंकले आज कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत गर्न स्विकृती दिएको हो ।

हाल लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । संस्थाको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको छ । कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत गर्न चुक्ता पुँजी १० करोड रुपैयाँ आवश्यक हुन्छ । संस्थामा ३ सय जना संस्थापक र ७ वटा बैंक आवद्ध छन् ।

७७ वटा शाखा कार्यालय मार्फत ४ सय कर्मचारीले ३१ जिल्लामा सेवा दिदै आएका छन् । यो नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त भएको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । आगामी दिनमा मर्जर र प्राप्तीलाई विशेष प्राथमिकताका साथ अघि बढाउने उनले जानकारी दिए ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत पनि मर्जरलाई प्राथमिकता दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x