Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अब सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

अब सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं, ६ असोज । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ ।

अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x