Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा, पहिलो चरणमा १२ कम्पनीलाई वितरण

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा, पहिलो चरणमा १२ कम्पनीलाई वितरण

काठमाडौं, ६ असोज । नेपाली अर्थाेडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आएको छ । चिया तथा कफी विकास बोर्डले आजदेखि नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो । लोगोसहितको ट्रेडमार्कका लागि आवेदन दिएका ४२ चिया उत्पादक कम्पनीमध्ये १२ वटाले पहिलो चरणमा उक्त ट्रेडमार्क प्रयोगको इजाजत पाएका छन् ।

इलामका गोर्खा टि स्टेट, हिमालयन सांग्रिला टि प्रोड्युसर्स प्रालि, जस्बिरे टि स्टेट, नेपाल स्मल टि, ओएएचआईएस टि स्टेट, तारागाउँ टि स्टेट, उच्च पहाडी चिया सहकारी र साखेजुङ टि स्टेट लगायत १२ उद्योगले उक्त ट्रेडमार्क प्रयोगको अनुमति पाएका छन् । उक्त टे«डमार्क २०७४ चैतमा सार्वजनिक गरिएको थियो ।

नेपाली चिया बजारमा पठाउँदा अबदेखि ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामको नेपाली लोगो टाँस हुनेछ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिने बोर्डले जानकारी दिएको छ । उक्त लोगो प्रयोगका लागि उद्योग र व्यवसायीलाई शर्त समेत राखिएको छ । व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्नेछ । कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्यांक बोर्डमा रहनेछ ।

निर्देशिकाले लोगो कार्यान्वयनका सन्दर्भमा एउटा समिति गठनको व्यवस्था गरेको छ ।
उक्त निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लंघन गरे दिएको लोगो खोस्न पनि सकिने बोर्डले बताएको छ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने छ । बोर्डका अनुसार इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ८ हजार ८३८ हेक्टरमा चियाखेती हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x