Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दोर्दीखोला जलविद्युत् आयोजना ९५ प्रतिशत सम्पन्न, पुसदेखि उत्पादन थालिने

दोर्दीखोला जलविद्युत् आयोजना ९५ प्रतिशत सम्पन्न, पुसदेखि उत्पादन थालिने

लमजुङ, १२ असोज । लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको करिब ९५ प्रतिशत काम सकिएको आयोजनाले बताएको छ । आगामी पुस महिनामा सक्नेगरी काम भइरहेको जानकारी आयोजना प्रवद्र्धक हिमालयन पावर पार्टनरले दिएको छ । यससँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ ।
आयोजनालाई उक्त मितिमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीका साथ कामलाई अघि बढाइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । शाक्यका अनुसार बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युत्गृह, सुरुङ मार्गलगायतका अधिकांश काम सम्पन्न भइरहेको छ । आयोजनामा हाल मेशिनहरू फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले बताएको छ ।
आयोजनाले विसं २०७२ फागुनदेखि निर्माण शुरू गरी २०७५ भदौ १५ गते देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि काम थालनी भएपछि भएको नाकाबन्दी, अघिल्लो वर्खामा विद्युत्गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ हुन पुगेकोले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ ।
रू. ३ अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब रू. ४ अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको रहेको छ । आयोजनामा गैरआवसीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x