Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, १२ असोज । यो साताको दोस्रो कारोबार दिन आज (सोमबार) शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज परिसूचक नेप्से ४.७३ अंकले घटेर १५ सय ६०.८३ को विन्दुमा थामिएको छ ।

हिजो भने परिसूचक ४ अंकले सुधारिएको थियो । आज परिसूचक घटेसँगै कारोबारमा पनि कमि आएको छ । १ सय ९१ कम्पनीको १ अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। तर हिजो ३ अर्ब रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको थियो ।

यस्तै, आज विकास बैंक र फाइनान्स कम्पनीबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंकको २.२४ र फाइनान्स कम्पनीको ११.४१ अंकले घटेको छ ।

सबैभन्दा धेरै शेयर कारोबार भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ९करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा भने नेपाल फाइनान्सका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x