Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक २० अंक बढ्दा २ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार

नेप्से परिसूचक २० अंक बढ्दा २ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं, १५ असोज । केही दिनयता लगातार घट्दै आएको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार (आज) वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो एक अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज २ अर्ब ८० कारोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।

आज नेप्से परिसूचक २०.६१ अंक वृद्धि भई १५७१.०४ विन्दुमा रोकिएको छ ।

१९२ कम्पनीको ४७ लाख ३२ पटकको कारोबारमा ९९ लाख ३० हजार ८३० कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । आज सप्तकोशीको अन्तिम शेयर मूल्य १६५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै बैंक अफ काठमाण्डु लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो बैंकको १४ करोड ७६ लाख रुपैयाँभन्दा बढी मूल्यको शेयर खरिद विक्री भएको हो । बैंक अफ काठमाडौंको अन्तिम शेयर मूल्य २८१ रुपैयाँ कायम भएको छ ।

माउन्टन हाइड्रो नेपाल लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको ९.८० प्रतिशत शेयर मूल्य घटेको हो । आज यो कम्पनीको अन्तिम शेयर मूल्य १३८ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये २ वाटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा हाइड्रोपावर समूह १.८८ प्रतिशत र म्यूचुल फण्ड समूह ०.०८ प्रतिशत रहेको छ । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ४.३१ प्रतिशत वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x