मुक्तिनाथ विकास बैंकद्वारा पानी ट्याङकी हस्तान्तरण

काठमाडौं, १९ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कका लागि शुद्ध पिउने पानी ट्याङकी उप–महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त पानी ट्याङकी बैंकको धनगढी शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन् ।
धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्रविन्दु रहेकाले यात्रुको आवतजावत धेरै हुने र यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको बताइएको छ ।
हाल बैंकले ४२ जिल्लामा १३४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।