Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सानिमा जनरलको आइपीको बिक्री खुला

सानिमा जनरलको आइपीको बिक्री खुला

काठमाडौं, २१ असोज । सानिमा जनरल इन्स्योरेन्सको आइपीओ आजदेखि बिक्री खुला भएको छ । सानिमाले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।

त्यसमध्ये १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुटयाएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।

अहिलेसम्म कम्पनीको सम्पूर्ण सूचकहरु प्रतिस्पर्धी कम्पनीहरुमा उत्कृष्ट रहेको भन्दै लगानीकर्ताहरुलाई ढुक्क हुन आश्वासन दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x