Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कलंकीमा अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स ‘एनबीटीसी’ सञ्चालनमा

कलंकीमा अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स ‘एनबीटीसी’ सञ्चालनमा

काठमाडौं, २१ आसोज । नेपालमै पहिलो पटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स नेशनल विजनेश ट्रेड सेन्टर ( एनबीटीसी) काठमाडौंको कलंकीमा आजबाट संचालनमा आएको छ । ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने झमेलाहरुको समाधान गर्ने उद्देश्यले यो कोरोना महामारीको विचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको बताइएको छ । यसका मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।

उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् ।

उनले भने,‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिप्mट आइटम इत्यादि सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ ।’

नेशनल विजनेश ट्रेड सेन्टर एनबिटीसी मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्धारा प्रवद्र्धित रहेको छ । यो कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको हुँदा पर्याप्त खुला ठाउँहरु रहेका छन । जसले गर्दा पर्याप्त भौतिक दुरी कायम हुनेछ । पर्याप्त खुला ठाउ भएकाले आगलागी, भुकम्प जस्ता दैवी पकोपबाट हुने घटनाको जोखिम पनि कम हुन्छ । र, हालै मात्र महामारीको रुपमा फैलिएको कोभिड १९ को सुरक्षा दुरी अपनाउन सकिने वातावरण रहेको छ ।

नेपालमा होलसेलका लागि यति ठूलो बजार पहिलो पटक खुलेको हो । करिव ५ लाख २३ हजार वर्ग फिट क्षेत्रफलमा निर्मित यस अत्याधुनिक विजनेश कम्प्लेक्समा सिसि क्यामेरासहितको भरपर्दाे सुरक्षा व्यवस्था रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x