Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कोभिड–१९ लक्षित विशेष सुरक्षा योजना लागू गरिँदै

कोभिड–१९ लक्षित विशेष सुरक्षा योजना लागू गरिँदै

काठमाडौं, २५ असोज । कोरोना संक्रमण झन् झन् भयावह बन्दै गएपछि प्रहरी प्रशासनले यसैलाई ध्यानमा राखेर सुरक्षा योजना लागू गर्ने भएको छ । कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न प्रहरी प्रधान कार्यालयले उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेको राससमा उल्लेख छ ।
कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले जानकारी दिए । केही दिनभित्रै औपचारिक रूपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागू हुने उनले बताए ।
‘प्रहरीको सुरक्षा योजना सधैं नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ,’ उनको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ, ‘यसपालि कोभिड–१९ को संक्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्नेछ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।’ केहीअघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए ।
यसपालि ७७ जिल्लामा कोभिड–१९ बाट आपूm पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको बताइएको छ । प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिनेछ । सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिनेछ । मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले बताएको छ । कोभिड–१९ संक्रमण रोक्ने योजनासमेत बन्नेछ । काठमाडौं उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x