Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

‘कोभिडविरुद्ध तीनवटै सरकारको सक्रिय समन्वय’

‘कोभिडविरुद्ध तीनवटै सरकारको सक्रिय समन्वय’

काठमाडौं, २५ असोज । कोभिड संक्रमण तीव्ररूपमा बढरिहेका बेला यस रोकथाम तथा नियन्त्रणका लागि तीनवटै सरकारको सक्रिय समन्वयमा काम भइरहेको पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिवार आफ्नो वक्तव्य राख्दै डा. खतिवडाले कोभिड–१९ विरुद्धको प्रतिकार्य तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका हुन् ।
महामारीलाई नै दृष्टिगत गरी यस वर्ष स्वास्थ्य क्षेत्रमा पहिलेभन्दा बढी बजेट विनियोजन गरिएको उनले बताएको राससमा उल्लेख छ । सोही बजेटमार्फत क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन, पीसीआर परीक्षण लगायत कोभिड–१९ नियन्त्रण तथा रोकथामको काम भइरहेको उनको भनाइ छ ।
पछिल्ला दुई वर्षयता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त भने नरहेको धारणा पूर्वअर्थमन्त्री खतिवडाले राखे । स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x