Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मुख्य व्यापारिक केन्द्रमै देखिएन चाडपर्वको व्यावसायिक प्रभाव

मुख्य व्यापारिक केन्द्रमै देखिएन चाडपर्वको व्यावसायिक प्रभाव

काठमाडौं, २९ असोज । बाटो नै ढाकिनेगरी मानिसको ओहोरदोहोर, सामान छान्न र मोलमोलाइमा तल्लीन उपभोक्ता, ग्राहकको माग अनुसारको वस्तु÷सामान देखाउन र बेच्न व्यस्त व्यापारी एवं कामदार । सधैंजसो अझ विशेषगरी चाडपर्वका बेला काठमाडौंमा मुख्य व्यापारिक क्षेत्रहरू असन, महाबौद्ध, न्यूरोड लगायतमा देखिने दृश्य हो यो । तर यस वर्ष कोरोना महामारीले व्यापारिक केन्द्रहरूमा पारेको प्रभाव बुझ्न यिनै क्षेत्रमा पुग्दा पनि थाहा हुन्छ । पसल खुलेका छन्, मानिसको आगमन पनि छ । ‘तर व्यापार नै छैन,’ भन्छन् यहाँका व्यवसायी एवं व्यापारीहरू ।
लकडाउन र निषेधाज्ञा खुलेपछि पसल सञ्चान गरेका विशेषगरी साना व्यापारीको एउटै आशा चाडपर्वमा व्यापार बढ्ला भन्ने थियो । यति दशैं शुरू हुन केही दिनमात्र बाँकी रहँदा समेत व्यावसायिक कारोबारले गति नलिँदा आपूmहरू निराश भएको बताउँछन् महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका धादिङ गल्छीका सुदीप थापा । ‘अघिल्ला वर्षको दशैंमा भ्याइनभ्याइ हुन्थ्यो, यसकै लागि दुईजना सम्म कामदार समेत थिए,’ उनले भने, ‘यसपटक व्यापार नै छैन ।’
महामारीका कारण यतिबेला काठमाडौंका असन–इन्द्रचोक, न्यूरोड, महाबौद्ध ठमेललगायत मुख्य व्यापारिक केन्द्रहरूको व्यापारिक कारोबार साविक तुलनामा २० प्रतिशतमा खुम्चिएको सम्बद्ध व्यवसायीको भनाइ छ । चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा लगायतको उल्लेख्य विक्री हुने गरेकोमा यसपटक ठूलो ह्रास आएको छ । सामान्य अवस्थामा दसैं, तिहारका बेला ४० प्रतिशतसम्म व्यापार बढ्ने गरे पनि यस वर्षको चाडपर्वमा बजारको लय विपरीत दिशामा देखिएको छ ।
काठमाडौंका व्यापारिक केन्द्रको व्यापार घट्नुको एउटा कारण उपत्यकाबाहिरबाट आउने व्यापारीको नआउनु पनि रहेको बताइएको छ । ठूलो परिमाणमा माल÷सामान उठाउने व्यापारीहरू महामारीको जोखिमका कारण नआउँदा व्यापारमा त्यसको पनि प्रभाव परेको व्ययवासीको भनाइ छ । यसैगरी सामान्य अवस्थाको तुलनामा हाल आम उपभोक्ताको आम्दानी एवं क्रयशक्ति घटेकाले पनि व्यापारमा मन्दी आएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको बुझाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x