Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

तातोपानी नाका पुनः सुचारु

तातोपानी नाका पुनः सुचारु

काठमाडौं, १२ कात्तिक । असोज १९ गते खुलेलगत्तै बन्द भएको नेपाल–चीन तातोपानी नाका बुधबारदेखि पुनः खुलेको छ । यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार सीमा नजिकै कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *