सियोनाको उपचारका लागि अफरिङ ह्याप्पीनेसद्वारा १ लाख २४ हजार सहयोग प्रदान

काठमाडौं, १२ कात्तिक । स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पिडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि ‘अफरिङ ह्याप्पीनेस’ समूहले १ लाख २४ हजार रुपैयाँ सहयोग गरेको छ । १३ महिने बालिकाको उपचारको लागि समूहले नेपालबाट १५ हजार ४ सय ५ र अस्ट्रेलियाबाट १ हजार ३ सय १ अस्ट्रेलियन डलर सहयोग संकलन गरेको सहयोग संकलनमा संलग्न सञ्जय दनैंले बताए ।
रकम संकलनका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिसँग अपिल गरिएको थियो । संकलित उक्त रकम उनका बुबा डा. सन्दीप श्रेष्ठलाई सम्पर्क गरि बैंक खातामा पठाइएको समाजसेवी प्रेम प्रकाश शाहीले जानकारी दिए ।
सियोनलाई अहिले उपाचारका लागि पोल्याण्डमा लगिएको छ। तर आर्थिक अभावमा उनको उपचार सुरु हुन सकेका छैन। सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिंग मार्फत रकम संकलन गरिरहेका छन् ।