दशैं विदापछि खुलेको शेयर बजारमा देखियो उमंग
काठमाडौं, १२ कात्तिक । दशैं विदापछि पहिलोपटक खुलेको शेयर बजारमा रौनकता देखिएको छ । बुधबार नेप्से सूचक ४१.२० अंकले बढेर १६ सय ४७. ४५ विन्दुमा पुगेको
। खरिदबिक्रीमा पनि उत्साह देखिएको छ ।
१ सय ८८ कम्पनीको २ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। कारोबारमा आएका मध्ये ट्रेडिङ्ग बाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । ट्रेडिङ्ग समूहको परिसूचक ८.८३ अंकले घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १ सय १०. ६८ अंकले बढेको छ ।
विशेषगरी बैंकिङ समूहमा उत्साह देखिएको छ । बुधबार प्राईम कमर्सियल बैंकको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बैंकको शेयर मूल्य ३० अंकले बढेर प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा करोबार भएको छ। यस्तै सबैभन्दा धेरै कारोबार भने ग्लोबल आइएमई बैंकको भएको छ । बैंकको २० करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको शेयर मूल्यमा ५ अंकले गिरावट आएको छ ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ भने ब्याजदर पनि सस्तो हुँदै गएको छ । यसले पनि लगानीकर्ता सेयर बजारमा आकर्षित भएको विश्लेषक बताउछन् ।