Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोनाले माग र आपूर्तिको सन्तुलन खलबलिदा दशैं अर्थतन्त्र खुम्चियो

कोरोनाले माग र आपूर्तिको सन्तुलन खलबलिदा दशैं अर्थतन्त्र खुम्चियो

काठमाडौं, १४ कात्तिक । समय फेरिएपनि आज पनि परिभाषा फेरिएको छैन । राम्रो लगाउनु र मिठो मसिनो खानु दशैंको विशेषता हो । त्यसले गर्दा दशैंमा सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा उत्साह ल्याउँछ र अर्थतन्त्रलाई समेत गतिशिल बनाउछ । तर यो वर्ष कोरोना महामारीले दशैंको रौनक विगतको जस्तो अलि देखिएन् ।

किनमेल र घरफर्कने चटारो यो दशैंमा खासै देखिएन । राष्ट्रिय उपभोगको एक चौथाई उपभोग दशैंतिहार हुने गर्छ । अर्थात ८ खर्ब रुपैयाँको खसीबोका, खाद्यन्न, लत्ताकपडा लगायतका सामग्रीको उपभोग हुने गर्छ । यसपटक कोरोनाले गर्दा माग र आपूर्तिको सन्तुलन खलबलिएकाले उपभोग ५० प्रतिशतसम्म घटेको अर्थविद् केशव आचार्य बताउछन् । दशैंमा पनि खासै कारोबार नभएकाले यो वर्ष अर्थतन्त्र विगतको जस्तो गतिशिल नभएको उनको अनुमान छ ।

चाडपर्वमा हुने अधिक कारोबारले व्यापारीहरुमा उत्साहजसँगै सरकारको राजस्वमा पनि निकै योग्दान पुग्ने गथ्र्यो । तर यो पटक कारोबार घट्दा दुबै क्षेत्रमा हुने योग्दान घट्ने छ । चाडपर्वलाई लक्षित गरि गत आर्थिक वर्षमा ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विभिन्न सामाग्रीहरु आयात भएको थियो । व्यवसायीहरुका अनुसार यो वर्ष विगतको तुलनामा आयात ८० प्रतिशत भन्दा कम छ ।

अर्को तर्फ दशैंले अर्थतन्त्रको पुनर्वितरण समेत गर्छ । शहरी क्षेत्रमा कमाएकाहरुले गाउँमा गएर खर्च गर्ने र गाउँका सामाग्रीहरु शहरमा ल्याएर बेच्ने गर्नाले ग्रामिण अर्थतन्त्रलाई पनि चलायमान बनाउछ । अहिले भने कोरोनाले गर्दा कतिपय कामदारले तलव ज्याला पाएका छैनन । यस्तोमा खर्च गर्ने अवस्था आउँदैन । यतीमात्र होइन अधिकांश मानिस त दशैं मान्न गाउँ नै गएनन् । दशै मनाउन करिब २५ लाख भन्दा बढी मानिस काठमाडौं उपत्यकाबाट आफ्नो थाकथलो फर्कने गर्थे । ट्राफिक प्रहरीका अनुसार यो पटक त्यो संख्या ८ लाख भन्दा कम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x