Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बंगलादेशबाट मल खरिद प्रक्रिया शुरू, २ साताभित्र आइपुग्ने

बंगलादेशबाट मल खरिद प्रक्रिया शुरू, २ साताभित्र आइपुग्ने

काठमाडौं, २६ कात्तिक । लामो समयदेखि अन्योलमा रहँदै आएको बंगलादेशबाट रासायनिक मल खरीद प्रक्रिया शुरू भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल यसको प्रक्रिया अघि बढेको हो । सरकारले जीटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बंगलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी भएको बताइएको छ ।
सरकारको निर्णय अनुसार समझदारीपत्र बंगलादेश सरकारलाई पठाएपछि उताबाट स्वीकृति आएलगत्तै खरिद प्रक्रिया शुरू हुने मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । बंगलादेश सरकारबाट नेपाललाई मल दिने विषयमा निर्णय भएर सहमतिपत्रमा हस्ताक्षर भएसँगै मल आउने उनको भनाइ छ । यसअघि नै मल ढुवानीको प्रक्रिया भने टुंगो लागिसकेको छ ।
सबै प्रक्रिया पूरा गरेर अबको २ सातामा पहिलो किस्ताको मल नेपाल आइपुग्ने अनुमान गरिएको छ । मल ढुवानीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको छ । कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । कृषि मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ । मन्त्रालय र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भए तापनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारीहरू बताउँछन् ।
गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन वार्तामा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बंगलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरे तापनि पछिल्लो समय खरिद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x