Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

२२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ, ४ मंसिर । ताप्लेजुङमा रू. २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको बताइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । प्रवद्र्धकका अनुसार काम शुरू भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
स्वीकृति पाएसँगै अब निर्माणतर्फ केन्द्रित हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने जानकारी लिम्बूले दिएका छन् । नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने बताइएको छ । फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् । स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्यांकनलगायत सबै कार्य सम्पन्न गरिसकेको बताइएको छ । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x