गुराँस लाईफको अध्यक्षमा विवेक दुगड चयन

काठमाडौं, ५ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा नयाँ संचालक समिति चयन भएको छ । कम्पनीको दशौं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका हुन ।
नव निर्वाचित संचालक समितिको हिजै बसेको १ सय ६२ औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।
यस्तै सो साधारण सभाले आर्थिक वर्ष ०७४÷०७५ को मुनाफाबाट जारि पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ ।