Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने

नेपाल एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने

काठमाडौं, ५ मंसिर । नेपाल एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश दिने छ ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने छ । उक्त सभाबाट पारित भएपछि वितरण गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x