Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत

मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत

काठमाडौं, ५ मंसिर । मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत भएको छ । लक्जमवर्गमा आयोजित एक कार्यक्रमकाबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी पुरस्कृत गरिएको हो ।

“युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x