Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

नागरिक लगानी कोषको नाफा २०.६३ प्रतिशतको बृद्धि

नागरिक लगानी कोषको नाफा २०.६३ प्रतिशतको बृद्धि

काठमाडौं, ७ मंसिर । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड ५९ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम अघिल्लो वर्षको सोही अवधीको तुलनामा २०.६३ प्रतिशत धेरै हो ।

कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढेको हो । एक वर्षको अवधिमा ब्याज आम्दानी ६२ लाख ५० हजार रुपैयाँ बढेर ३ करोड १२ लाख ५० हजार रुपैयाँ पुगेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी पनि २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेयर पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । जगेडा कोष पनि ४ अर्ब ६७ करोड ८८ लाख रुपैयाँबाट बढेर ८ अर्ब २८ करोड ४८ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *